काँग्रेस प्रवेश गरेको तीन दिनमै नेता चौरसियाको हत्या

एजेन्सी

शनिबार, ०२ चैत्र २०७५, १७ : ०७
काँग्रेस प्रवेश गरेको तीन दिनमै नेता चौरसियाको हत्या

मध्यप्रदेश, भारत । इन्डियन काँग्रेस पार्टीमा प्रवेश गरेको तीन दिनमै भारतमा एक जना नेताको हत्या भएको छ भने उनका छोरा घाइते भएका छन् । 

बहुजन समाजवादी पार्टी (बिएसपी)का पूर्व नेता देवेन्द्र चौरसियाको हत्या भएको हो भने उहाँका छोरा सोमेश घाइते हुनु भएको हो । 

मध्य प्रदेशको दामोही नजिकै अज्ञात व्यक्तिहरुको आक्रमणमा परी उहाँ शुक्रबार मारिनु भएको अधिकारीहरुले जनाएका छन् । 

घटनामा संलग्न भएको आशंकामा मध्यप्रदेश प्रहरीले सात जनाविरुद्ध मुद्धा दर्ता गरेको छ । 

मुद्दा दर्ता गरिएकामध्ये एक जना बिएसपीका तर्फबाट विधान सभा सदस्य रहेकी राम बाइका श्रीमान् गोविन्द सिंह पनि रहेका छन् ।(रासस/एएनआई) 

प्रतिक्रिया दिनुहोस