व्यावसायिक पत्रकारिता र आचारसंहिता

शनिबार, ०२ चैत्र २०७५, १० : ४९
व्यावसायिक पत्रकारिता र आचारसंहिता

पोषण केसी
लामो समयसम्म विभिन्न पत्रकारिताका माध्यमबाट मुलुकमा लोकतान्त्रिक व्यवस्था बहालीका लागि क्रियाशील रहेको नेपाली प्रेसजगत अब क्रमिकरुपमा व्यवसायिक पत्रकारितातर्पm अग्रसर बन्दै गएको छ । २०४६ सालको बहुदलीय प्रजातान्त्रिक व्यवस्था पुनर्वहाली भन्दा पहिले साप्ताहिक पत्रपत्रिकाका माध्यमबाट नेपालमा प्रजातान्त्रिक व्यवस्था बहालीका लागि क्रियाशील रहेको नेपाली पत्रकारिता जगत बहुदलीय प्रजातान्त्रिक व्यवस्था बहालीसँगै व्यवसायिक पत्रकारिताको अभ्यासमा अगाडि बढ्ने अपेक्षा गरिएको थियो तर दुर्भाग्य विभिन्न कालखण्डमा भएका राजनैतिक घटनाक्रमका उतार चढावले नेपाली प्रेस व्यवसायिक पत्रकारिताको अभ्यासको साटो सदैव मिसन पत्रकारिताका माध्यमबाट मुलुकका विभिन्न प्रतिकूल परिस्थितिमा मुलुकमा प्रजातान्त्रिक व्यवस्थाका साथै नागरिक हक र अधिकारका लागि लडिरहनु प¥यो ।

चाहे त्यो २०५२ सालदेखि माओवादी जनयुद्धका नाममा शुरु भएको आन्दोलन होस् या तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आप्mनो हातमा लिई नागरिक स्वतन्त्रतासँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेको अवस्था किन नहोस् । प्रत्येक प्रतिकूल समयमा नेपाली प्रेसले पत्रकारिताका माध्यमबाट मात्र नभई कतिपय समयमा सडकमा गएर सडक आन्दोलनको समेत अगुवाई गर्नुपर्ने परिस्थितिहरु सिर्जना भएको सबैमा जगजाहेर नै छ । 

नेपाली पे्रसले मुलुकका प्रतिकूल परस्थितिमा कहिले पनि आप्mना पेशागत हक अधिकारका आवाज उठाएन । मुलुकमा प्रजातान्त्रिक व्यवस्था वहाली भएमात्र आप्mना हकअधिकारहरु स्थापित हुने अपेक्षासहित जहिले पनि मुलुकमा लोकतान्त्रिक÷गणतान्त्रिक व्यवस्था बहाली गराई नागरिक स्वतन्त्रताका पक्षमा आवाज उठाउँदै आयो तर जबजब मुलुकमा प्रतिकूल परिस्थितिपश्चात अनुकूल अवस्था आयो, दुर्भाग्य ! नेपाली प्रेसका पेशागत मुद्दाहरु पनि सही ढङ्गबाट स्थापित हुन सकेनन् । मुलुकको प्रतिकूल परिस्थितिमा सँगसँगै आन्दोलनमा होमिएका राजनैतिक दलहरुले समेत सत्तामा पुगेपछि प्रेसका मुद्दाहरुलाई गम्भीरतापूर्वक लिने गरिएको पाइएन । त्यसो त पहिलेको तुलनामा नेपाली प्रेसका पेशागत व्यवसायिक धेरै मुद्दाहरु कानूनमा स्थापित भएका छन् । तर पनि ती मुद्दाहरुलाई व्यवहारमा कार्यान्वयन गराउन भने अभैm थुप्रै चुनौतीहरु रहेका छन् । 

सञ्चार क्षेत्रमा प्राप्त कानूनी उपलब्धिहरुलाई संस्थागत गर्दै व्यवहारमा कार्यान्वयन गराउन सकियो भने मात्र व्यवसायिक पत्रकारितालाई अगाडि बढाउन सकिन्छ । व्यवसायिक पत्रकारिताको विकासका लागि प्राप्त कानूनी उपलब्धिलाई संस्थागत गर्दै व्यवहारमा कार्यान्वयन गराउन सँगसँगै आचारसंंहिताको पनि पूर्ण पालना गर्नुपर्ने देखिन्छ । 

व्यवसायिक पत्रकारिताको अभ्यासमा बामे सर्दै गरेका हामी नेपाली पत्रकारहरुले व्यवसायिक पत्रकारिताको विकासका लागि आचारसंहिताभित्र रहेर मर्यादित पत्रकारिता गर्न सक्यौं भने मात्र नेपाली समाजले अपेक्षा गरेको व्यवसायिक पत्रकारिता हुनसक्छ र व्यवसायिक पत्रकारिताको विकास पनि हुन सक्छ ।  

प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सक्यौं भने प्रेस स्वतन्त्रता हननका घटनाहरु प्नि ९० प्रतिशत न्यूनीकरण हुने छन् । तसर्र्थ व्यवसायिक पत्रकारिताको विकासका लागि आचारसंहिताको पूर्ण पालना पहिलो शर्त हो । त्यसकारण अहिले पत्रकारिता क्षेत्रमा प्रवेश गर्दै गरेका नयाँ पुस्तालाई पनि व्यवसायिक पत्रकारिताको अभ्याससँगै आचारसंहिताका बारेमा व्यवहारिक ज्ञान दिलाउन जरुरी छ । 

विगतका प्रेस स्वतन्त्रता हननका घटनाहरुलाई फर्केर हेर्ने हो भने अधिकांश घटनाहरुमा आचारसंहिता उल्लङ्घन गरेकै कारणले घटना घटेको पाइन्छ । तसर्थ प्रेस स्वतन्त्रता हननका घटनाहरुको न्यूनीकरणका लागि पनि आचारसंहिता पूर्ण पालना गर्नुपर्ने देखिन्छ । 

लामो संघर्षपछि सञ्ंचार क्षेत्रमा प्राप्त भएका कानूनी उपलव्धिहरुका बारेमा पनि सचेत रहनुपर्ने अवस्था देखिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नेगरी पछिल्लो समय गत २०७५ भाद्रदेखि लागु भएको फौजदारी अपराध संहिता २०७५, देवानी संहिता २०७५ र अनलाइन पत्रकारितालाई व्यवस्थित गर्ने नाममा पछिल्लो समय ल्याइएको अनलाइन पत्रकारिता निर्देशिका यसका पछिल्ला उदाहरण हुन् .। जुन कानूनहरु पूर्णतः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नेगरी ल्याइएको छ । त्यसैगरी समय समयमा राज्य तथा सरकारद्वारा पे्रस तथा अभिव्यक्ति स्वतन्त्रताका विरुद्धमा ल्याउनसक्ने कुनै पनि प्रकारका नीतिनियम तथा कानूनका सन्दर्भमा समेत नेपाल पत्रकार महासंघ लगायत सञ्चारसँग सम्बन्धित संघसंस्थाहरु सचेत रहनु पर्ने देखिन्छ । पत्रकारिताबाट
(केसी नेपाल पत्रकार महासंघका पूर्वमहासचिव हुन् l)

प्रतिक्रिया दिनुहोस