राष्ट्रपति भण्डारीको स्वागतको लागि विच्छ्याइएको रेड कार्पेटमा सर्प हिँडेपछि... (तस्विरहरु)

सफल खबर संवाददाता

शुक्रबार, ०१ चैत्र २०७५, १८ : ४६
राष्ट्रपति भण्डारीको स्वागतको लागि विच्छ्याइएको रेड कार्पेटमा सर्प हिँडेपछि... (तस्विरहरु)

काठमाडौं । राष्ट्रपति भण्डारी पाँच दिने अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किएकी छन । राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दि स्ट्याटस अफ वुमन’ को वुमन इन पावर कार्यक्रममा भाग लिएर शुक्रबार अपरान्ह स्वदेश फर्किएकी हुन ।
राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री एवम रक्षामन्त्री इश्वर पोखरेल, मन्त्रीहरु लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा रेड कार्पेट विच्छ्याइएको थियो । भण्डारी साढे ३ बजे कतार एयरको विमानमार्फत अवतरण गर्दै थिइन । स्वागतका लागि केही विशिष्ट व्यक्ति आउने क्रम जारी नै थियो, ठिक त्यति नै वेला एउटा सर्प राष्ट्रपतिको स्वागतका लागि विछ्याइएको रातो कार्पेटमा देखा प¥यो ।
त्यो देखेर त्यहाँ उपस्थित व्यक्तिहरु मुखामुख गर्दै सर्पले देखाएको रमितामा रमाउन थाले । कतिपयले क्यामरा र मोबाइल निकालेर त्यो दृश्य कैद गर्न थाले । केहीवेरमा सर्प आफैं एक छेऊतिर लाग्यो । त्यसको करिब ३० मिनेटपछि राष्ट्रपति भण्डारीको त्यहीँ स्वागत भयो ।

प्रतिक्रिया दिनुहोस