क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तलीका तर्फबाट १ लाख सहयोग

सफल खबर संवाददाता

विहीबार, ३० फागुन २०७५, १२ : १३
क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तलीका तर्फबाट १ लाख सहयोग

काठमाडौं  । चर्चित हाँस्यकलाकार तथा समाजसेवी द्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोगको घोषणा गरेका छन् । बिहिवार बिहान एक स्ट्याटस पोष्ट गर्दै धुर्मुस सुन्तलीले आफ्नो छोरी सुबिहानी कट्टेलको जन्मदिनको अवसरमाउक्त सहयोगको घोषणा गरेका हुन् ।
सुबिहानीको जन्मउत्सवको अवसरमा धुर्मुस सुन्तलीले कुनै बिशेष कार्यक्रमको आयोजना नगरी रङ्गशाला निर्माणलाई सहयोग गरेका हुन् । ‘हाम्रीप्यारी छोरी सुबिहानीको जन्मदिनको अवसरमा हामी निर्माणाधिन रङ्गशालाका लागी सहयोग गर्न चाहान्छौं’ उनले लेखेका छन् ‘हाम्रा हरेक बिशेष अवसरलाई यसरी नै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ ।’
धुर्मुस सुन्तली छोरी जन्मिएको ८ महिना पछिनै निरन्तर सामाजिककाममा अघि बढेकाधुर्मुस सुन्तले आफ्नी छोरीसंग धेरै समय बिताउनपाएका छैनन् । तर यसपालिको छोरीको जन्मदिनमाभने पुरै दिन छोरीलाई समय दिने सुन्तलीको योजना छ । रङ्गशालाको बिशेषकामले चितवन पुगेका धुर्मुस सुन्तली बुधबार बेलुकीमात्र काठमाण्डौं फर्किएका छन् ।
अहिले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’को फिल्डको काम भईरहेको छ । केही समयमै रङ्गशालाको डिपिआर र डिजाईनको काम सम्पन्नहुने धुर्मुस सुन्तली बताउछन् ।
 

प्रतिक्रिया दिनुहोस