मकवानपुरमा ट्रक जलाइयो, औद्योगिक क्षेत्रनजिकै शंकास्पद वस्तु फेला

सफल खबर संवाददाता

विहीबार, ३० फागुन २०७५, ०९ : २८
मकवानपुरमा ट्रक जलाइयो, औद्योगिक क्षेत्रनजिकै शंकास्पद वस्तु फेला

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–४, नयाँगाउँमा गएराति एक ट्रकमाथि आगजनी गरिएको छ । अज्ञात समूहले काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी गएराति १२ बजे आगजनी गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । ट्रकमा आगलागी भएपछि थाहा नगरपालिकाको दमकलले नियन्त्रण गरेको थियो । आगलागीबाट ट्रकको अगाडिको भाग पूरै जलेको छ ।

यस्तै पूर्वपश्चिम राजमार्गको हेटौंडा औद्योगिक क्षेत्रनजिकै शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु भेटिएको जानकारी आएलगत्तै सेनाको बम डिस्फोज टोली बोलाएर डिस्फोजको प्रयास भइरहेको लाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुशुवाहले बताए ।

प्रतिक्रिया दिनुहोस