विप्लव समूहको चेतावनी : सरकारको भण्डाफोर गर्छाै

बुधबार, २९ फागुन २०७५, १३ : ३७
विप्लव समूहको चेतावनी : सरकारको भण्डाफोर गर्छाै

काठमाडौं । संविधानको मर्मविपरीत सरकारले नेकपा विरुद्ध निर्णय गरेको भन्दै पोलिटब्युरो सदस्य मोहनबहादुर कार्कीले कडा प्रतिकार गर्ने चेतावनी दिनुभयो । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले विप्लव नेतृत्व नेकपा आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । 
सरकारले लगाएको प्रतिबन्धबारे प्रारम्भिक प्रतिक्रिया दिँदै कार्कीले सरकारी निर्णयको प्रतिवाद गर्ने बताउनुभयो । सरकारले मुडभेड निम्त्याएको भन्दै सदस्य कार्कीले आफूहरु मुडभेडका लागि तयार रहेको उहाँको भनाई छ । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई प्रतिबन्धको विरोधमा त्यसको भण्डाफोर गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस