काठमाडौं । नियमित मर्मत सम्भारका लागि मनकामना केवलकार दुई दिन बन्द हुने भएको छ । विहिबार र शुक्रबार केवलकार बन्द हुने कम्पनीले जनाएको छ ।
‘नियमित मर्मत सम्भारका लागि यही फागुन ३० र चैत १ गते केवलकार संचालन नहुने व्योहोरा यात्रु महानुभावलाई जानकारी गराउँदछौं’ कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका अनुसार चैत २ गते शनिबारदेखि केवलकार नियमित संचालन हुनेछ । कम्पनीका अनुसार वटमस्टेशनमा रहेको दि मनकामना क्याफे भने यथावत संचालन हुनेछ । मनकामना दर्शनका लागि दैनिक चार हजारको हाराहारीमा यात्रु चढ्ने गर्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ फागुन २०७५, १९ : ४९
लेखकबाट थप