काठमाडौं । हास्य टेलिश्रृंखला भद्रगोलका ‘पाँडे’ रोल अर्थात पात्रलाई ‘नेपाल पाण्डे समाज’ ले आपत्ती जनाएको छ । उक्त पात्रलाई फटाहा र भँडुवाको रुपमा चित्रण गरिदै आएको छ । सो चरित्रप्रति आपत्ती जनाउदै पाण्डे थर भएकाहरुको संगठन ‘नेपाल पाण्डे समाज’ ले कार्यक्रम उत्पादक मिडिया हबलाई पत्र पठाएको छ । पत्रमा पाँडे पात्रलाई कहिलेकाहीँ अतिशयोक्ति र कपोलकल्पित रुपमा प्रस्तुत गर्दा समस्त पाण्डेहरुको मनमा चोट लागेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको एकीकरणदेखि हालसम्म विभिन्न स्थान र योग्यताबाट र्पुयाएको उच्चस्तरको योगदानलाई चटक्कै भुलेर हाँस्य पात्रको रुपमा चित्रण गर्दा जोसुकैको मन दुख्नु स्वभाविकै हो । तसर्थ समाजमा असर र्पुयाउने कथा र प्रदर्शन नस्वीकार्ने व्यहोरा जानकारी गराउँदै ध्यानाकर्षण गराउँछौं ।’ भद्रगोलको उत्पादक मिडिया हबलाई पठाइएको सो पत्रमा पाण्डे समाजका महासचिव सागर पाण्डेले हस्ताक्षर गरेका छन् । पत्रको वोधार्थ नेपाल टेलिभिजनलाई पनि पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस