सिके राउतले कार्यकर्तालाई सम्झाउने समय नपाएर प्रर्दशन भयो : अध्यक्ष प्रचण्ड

मंगलबार, २८ फागुन २०७५, १४ : २८
सिके राउतले कार्यकर्तालाई सम्झाउने समय नपाएर प्रर्दशन भयो : अध्यक्ष प्रचण्ड

File photo

विराटनगर । पूर्वप्रधानमन्त्री एव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिके राउतले आफ्ना कार्यकर्तालाई सम्झाउने समय नपाएकाले प्रर्दशनको अवस्था बनेको बताउनुभयो ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले जेलबाट भर्खरै छुटेर आएको बेलामा सर्मथकहरुले नबुझेर प्रर्दशनमा आएको हुनसक्ने बताउनुभयो ।
‘सिके राउतहरुलाई सायद आफ्नो कार्यकर्ता  सम्झाउने समयपनि चाहिएको होला,उहाँले भन्नुभयो,‘ त्यो मिलाउनुहोला । जेलबाट भर्खर छुटेर आएकाले केही समयसम्म हामीले त्यसमा हतार गर्न हुँदैन ।’
आज मात्रै सिके राउत संठठनका उपसंयोजकले जे सहमति भएको छ , त्यो संविधानको स्वीकृता र राष्ट्रिय एकता बारे हामी त्यसमा दृढ छौ भनेर वक्तव्य आएको छ,उहाँले भन्नुभयो । प्रचण्डले यसमा हतार गर्नुपर्ने जरुरी नरहेको उल्लेख गर्नुभयो । 
अध्यक्ष प्रचण्डले सरकारको र पार्टी ध्यान प्रिथाकताबाद र अलगाववाद अन्दोलन लागेका मानिसलाई राष्ट्रिय एकता मूलधारको राजनीतिमा ल्याई संविधानको स्वीकार्यता बढाउने कुरामा जोड रहेको बताउनुभयो । 
‘अहिलेको परिवेशमा सरकारले समजदारी बनाएको छ, उहाँले भन्नुभयो,‘मलाई लाग्छ सरकारको तर्फबाट राष्ट्रिय एकता र संविधान कार्यन्वनको पक्षमा सकारात्मक पहल भएको छ । सरकारले राष्ट्रको एकता, भौगोलिक अखण्डता  र संविधानको स्वीकार्यता बढाउने पक्ष गरेको पहल सकारात्मक छ ।’
सरकारले गरेको सम्झदारीमा आफ्नो पूर्ण सर्मथन गरेको स्पष्ट पार्नुभयो ।

प्रचण्डले सरकारको पुर्नगठनको विषयमा हतारो गर्न नहुने बताउनुभयो । ‘यो कुरा प्रधानमन्त्रीले कसरी हिसाब गर्नु भएको छ,उहाँले भन्नुभयो,‘ मन्त्रीहरुको काम कारबाहीलाई कसरी मूल्याङकन गर्नु भएको छ । त्यसमा बढी भर पर्छ ।’ मन्त्रीमण्डको पुर्नठनको विषयमा आज विहान कुरा प्रधानमन्त्री ओलीसँग कुरा भएको भन्दै उहाँले यस विषयमा तपाईले नै निर्णयमा गर्नुस् भनी सुझाव दिएको जानकारी दिनुभयो ।


 

प्रतिक्रिया दिनुहोस