सांसद शान्ता चौधरी बेहोस भएपछि अस्पताल भर्ना

मंगलबार, २८ फागुन २०७५, १३ : ०८
सांसद शान्ता चौधरी बेहोस भएपछि अस्पताल भर्ना

काठमाडौँ । संघीय सांसद तथा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलकी सचेतक शान्ता चौधरी बेहोस भएपछि अस्पतालमा भर्ना गरिएको छ। मंगलबार बिहान तुलसीपुरमा सरकारी वकीलको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गरेको केही समय पछि उहाँ बेहोस हुनु भएको थियो।

अहिले उहाँको  राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको चौधरीका स्वकीय सचिव सन्तोष दहितले जानकारी दिनुभयोे। ‘अझैं रिपोर्ट आएको छैन, तर अहिले उहाँ बोल्न थाल्नुभएको छ,’ स्वकीय सचिव दहितले भन्नुभयो।

सरकारी वकिलकै कार्यालयमा बेहोस भए लगतै चौधरीलाई तत्कालै  नजिकैको राप्ती प्रादेशिक अस्पतलमा पुर्‍याइएको थियो। चौधरीलाई इमरजेन्सी वार्डको ७ नम्बर बेडमा राखेर उपचार भइरहेको अस्पताल प्रसाशनले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस