महानिरीक्षक सर्वेन्द्र खनालद्वारा नवनिर्मित २ वटा ब्यारेक भवनको उद्घाटन

सोमबार, २७ फागुन २०७५, १८ : ४७
महानिरीक्षक सर्वेन्द्र खनालद्वारा नवनिर्मित २ वटा ब्यारेक भवनको उद्घाटन

चितवन : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको परिसरमा नवनिर्मित २ वटा ब्यारेक भवनको सोमबार एक समारोहबीच उद्घाटन गर्नुभयो । कुल २४ वटा ब्यारेक हल भएको ३ तले २ वटा सुविधा सम्पन्न भवनको नेपाल प्रहरीको नियमित बजेटबाट करिब ७ करोड ७३ लाख ९९ हजार रुपयाँको लागतमा निर्माण कार्य सम्पन्न गरिएको हो । 

भवन उदघाटन समारोहमा प्रहरी महानिरीक्षक खनालले प्रहरीलाई नचाहिने काममा उत्प्रेरित गर्ने व्यक्तिलाई कानुनी कारबाहीमा ल्याइने बताउनुभयो । ‘हिजोको दिनमा के ग¥यो भन्ने सम्बन्ध छैन, उहाँले भन्नुभयो,‘आज के गर्दै छौ भन्ने मुख्य कुरा हो ।’ महानिरीक्षक खनालले घुस लिने र दिने दुबैलाई कडाभन्दा कडा कारबाही हुने पनि स्पष्ट पार्नुभयो । व्यक्तीगत फाईदाका लागि प्रहरी संगठनभित्र नियमबस गर्ने गल्ती क्षम्य नहुने उहाँको भनाई छ । प्रहरी संगठन सुदृढीकरणका लागि नेपाल प्रहरीमा हुने भर्ना प्रकृयामा भन सुन नचल्ने खनालले बताउनुभयो । प्रहरीले इमानदारीतापूर्वक कार्य सम्पदान गरे मात्र प्रहरी संगठनको श्रीवृद्धि हुने उहाँको भनाई थियो । उहाँले प्रहरी संगठनको कार्य सम्पादनलाई थप प्रभावकारी बनाउन प्रविधियुक्त संरचना निर्माण गर्ने काम अघि बढीरहेको जानकारी दिनुभयो । 
कार्यक्रममा शिक्षालयका निर्देशक एव्म प्रहरी नायब महानिरीक्षक महेन्द्रकुमार पोखरेल, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्नेत लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस