एनआई सी एशिया बैंकको नयाँ शाखा सप्तरीको फत्तेपुरमा

सफल खबर संवाददाता

सोमबार, २७ फागुन २०७५, १७ : १६
एनआई सी एशिया बैंकको नयाँ शाखा सप्तरीको फत्तेपुरमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर १ मा स्थित फत्तेपुर शाखाको उद्घाटन गरेको छ । सोमबार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन सप्तकोशी नगरपालिका प्रमुख उत्तमकुमार शर्माले गर्नुभएको हो । प्रमुख शर्माले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउँदै गएको बैंकको प्रशंसा गर्नुभएको थियो ।

एनआईसी एशिया बैंक मुलुकभर २७७ शाखाकार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१५ अर्बभन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५०हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस