सीके राउतका बारेमा दीपकराज गिरीले लेखे कडा स्टाटस

सफल खबर संवाददाता

सोमबार, २७ फागुन २०७५, १५ : १५
सीके राउतका बारेमा दीपकराज गिरीले लेखे कडा स्टाटस

काठमाडौं । पछिल्लो केही दिन यता सीके राउतले राजनीतिक माहोल तताइरहेका बेला कलाकार दीपकराज गिरीले त्यो घटनाको विषयमा पनि एक कडा स्टाटस लेखेका छन् । उनले घटना तिर लक्षित गर्दै देश मेरो होइन् भन्नेलाई गोली हान्नु पर्ने धारणा लेखका छन् ।

‘देशले अन्याय गरेको छ भने बोली हाल्नु पर्छ’ उनले अगाडि लेखेका छन् ‘देश मेरो होइन भन्नेलाई गोली हाल्नु पर्छ ।’

गिरी पछिल्लो समय पत्रकारबाट निर्देशक बनेका दीपेन्द्र लामालाई लिएर नयाँ फिल्म गर्दैछन् । उनको यो फिल्ममा रोहित अधिकारीले निर्माणमा सहकार्य गर्दै छन् । फिल्मको अहिले स्क्रिप्ट लेखन कार्य भइरहेको बताइएको छ । उनको निर्माण अभिनय रहेको फिल्म ‘छक्का पन्जा ३’ केही पहिले प्रदर्शनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस