सार्वजनिक भयो पूर्वराजा ज्ञानेन्द्र शाहको मधेस भ्रमण कार्यक्रम

सफल खबर संवाददाता

सोमबार, २७ फागुन २०७५, १४ : १३
सार्वजनिक भयो पूर्वराजा ज्ञानेन्द्र शाहको मधेस भ्रमण कार्यक्रम

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको मधेस भ्रमण कार्यक्रम सार्वजनिक भएको छ । सोमबार पूर्वराजाका प्रेस संयोजक फणि पाठकले मधेस भ्रमणसम्बन्धी कार्यक्रम सार्वजनिक गरेका हुन् । उनका अनुसार पूर्वराजाको मधेस भ्रमण फागुन २९ देखि जनकपुरबाट सुरु हुनेछ । भ्रमणका क्रममा शाह सर्लाही, उदयपूर र सप्तरी जिल्लासम्म पुग्नेछन् । 

पाठकका अनुसार २९ गते जनकपुरमा बास बसेर पूर्वराजा फागुन ३० गते सर्लाहीको मलङ्गवा जाने कार्यक्रम रहेको छ । त्यहाँ उनले दुर्गा मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ । 

त्यहाँबाट उनी बास बस्न जनकपुर नै फर्किने छन् । यस्तै  चैत १ गते उनले जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

जनकपुरबाट उनी चैत २ गते उदयपुरको गाइघाट जाने कार्यक्रम रहेको छ । गाइघाटमा राधाकृष्ण मन्दिरमा पुजापाठ गर्ने कार्यक्रम रहेको छ भने ३ गते सप्तरीको सखडा भगवतीको दर्शन गर्ने कार्यक्रम रहेको छ ।
ज्ञानेन्द्र शाहको मधेश भ्रमण धार्मिक भनिएपनि उनले त्यहाँको जनमत समेत बुझ्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस