जापानस्थित क्योदाइ रेमिट्यान्स आइएमई अन्तर्गतको जीवन वीमा योजना

सफल खबर संवाददाता

आइतबार, २६ फागुन २०७५, १८ : ४६
जापानस्थित क्योदाइ रेमिट्यान्स आइएमई अन्तर्गतको जीवन वीमा योजना

काठमाडौं । सस्तो, सुलभ र विश्वसनिय रेमिट्यान्स सेवाको लागि परिचित रेमिट्यान्स कम्पनी क्योदाइ रेमिट्यान्स आइएमईले ‘तपाईंको कमाइ अनी परिवारको सुरक्षा सँगसँगै’ भन्ने प्रतिवद्धताका साथ आफ्ना सेवा ग्राहीका लागि दुर्घटना जीवन वीमा योजना ल्याएको छ ।
योजना अन्तर्गत सेवाग्राहीले जापानबाट क्योदाइ रेमिट्यान्स मार्फत परिवारका सदस्य वा अन्य व्यक्तिलाई पैसा पठाउँदा नेपालमा भुक्तानी पाउनुहुने व्यक्तिले भुक्तानी पाएको दिन दखि रु पाँच लाखको १ बर्षे दुर्घटना जीवनवीमा हुनेछ । क्योदाइ रेमिट्यान्स् आइएमईले आफ्ना सेवाग्राहीले गर्ने प्रत्येक कारोबारमा बोनस पोइन्ट दिने गरेको छ । यो दुर्घटना जीवन वीमा योजना ४० वा सोभन्दा बढी बोनस पोइन्ट हुने सेवा ग्राहीमा लागु हुनेछ । सोही आधार बमोजिम जनवरी महिनामा जापानबाट नेपालमा पठाएको पैसाको भुक्तानी लिनुहुनेहरु मध्यबाट २ हजार १३७ जनाको प्रतिव्यक्ति रु. पाँच लाखको १ बर्षे दुर्घटना जीवन वीमा गरिएको जनाइएको छ । सम्पूर्ण विमितहरुको नामावली कम्पनीको अधिकारिक फेसबूक पेजमा प्रकाशित गरीएको छ ।
 

प्रतिक्रिया दिनुहोस