विमान दुर्घटना हुँदा कोलम्बियामा १२ जनाको मृत्यु

एजेन्सी

आइतबार, २६ फागुन २०७५, १६ : ३७
विमान दुर्घटना हुँदा कोलम्बियामा १२ जनाको मृत्यु

एजेन्सी । कोलम्बियामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । लासेर एइरेओ एयरलाइन्सको डगलस डीसी–३ विमान शनिबार राती कोलम्बियाको विल्लाभिसेन्सिओ शहरको दक्षिण–पूर्वी भूभागमा दुर्घटनाग्रस्त भएको त्यहाँको उड्डयन प्राधिकरणले जनाएको छ ।

दुर्घटनामा तरैरा नगरपालिकाका मेयर, उनका पति र छोरी, विमान चालक र सह–चालक, एक उड्डयनविद् लगायतको मृत्यु भएको छ ।

कोलम्बियाका राष्ट्रपति इवान डकले दुर्घटनामा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गरेका छन्। कोलम्बियाका आपतकालिन नागरिक रक्षाका अधिकारीका अनुसार विमान इन्जिन फेल भएको कारण दुर्घटना भएको हो ।

विमान सन जोसे डेल गुएभिएरे शहरबाट विल्लाभिसेन्सिओका लागि उडेको थियो । दुर्घटनाको कारण पनि पत्ता लाग्न बाँकी रहेको अधिकारीहरुले जनाएका छन् । -एजेन्सी

प्रतिक्रिया दिनुहोस