कार्यकाल लम्ब्याउने पक्षमा छैन : सभापति देउवा

विहीबार, २३ फागुन २०७५, १९ : २९
कार्यकाल लम्ब्याउने पक्षमा छैन : सभापति देउवा

विराटनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपूm कार्यकाल लम्ब्याउने पक्षमा नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीको अधिवेशन तोकिएको समयमा हुने जानकारी दिनुभयो । 

सभापति देउवाले हालै भएको चाक्सीबारी बैठक सामान्य कुरा भएको र साथीहरुबीच छलफल हुनु कुनै अनौठो नभएको प्रस्ट पार्नुभयो । पूर्वप्रधानमन्त्री देउवाले पार्टीका नेता डा शेखर कोइरालालाई पार्टी नेतृत्वका सम्बन्धमा जथाभावी नबोल्न आग्रह गरिएको र उहाँको सम्बन्धमा आफूले वीरगञ्जमा जवाफ दिएको बताउनुभयो । “पार्टीको नेतृत्वमा कोइराला आउन 
नपाउने वा चुनावमा उठ्नै नपाउने कुरा कहीँ कतै गरेको छैन”, उहाँले भन्नुभयो । कोइरालालाई बोलेको आधारमा अनुशासनको कारवाही नहुने सभापति देउवाको भनाइ थियो । जिल्ला सभापतिहरुले विशेष महाधिवेशन गर्नुपर्ने मागसम्बन्धी लिखित जानकारी अझसम्म नआएको उहाँले बताउनुभयो । 

सभापति देउवाले ‘वाइड बडी’ विमान खरीदबारे प्रधानमन्त्री केपी शर्मा ओली स्वस्थ भएपछि छफलफल गर्ने बताउनुभयो । उहाँले नेवि सङ्घको तदर्थ समिति चाँडै गठन गरिने बताउनुभयो । उहाँ न्यू सृष्टि दैनिकको वार्षिकोत्सव समारोहमा सहभागी हुन आज विराटनगर आउनुभएको हो । (रासस)

प्रतिक्रिया दिनुहोस