विकासमा केन्द्रीत हुन्छु १० बर्ष, अनि हुन्छ चमत्कार : दाहाल

शुक्रबार, २४ कार्तिक २०७४, १९ : ४५
विकासमा केन्द्रीत हुन्छु १० बर्ष, अनि हुन्छ चमत्कार  :  दाहाल

१० बर्ष देशको विकासमा समर्पीत रहने पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभयो । १० बर्ष जनयुद्ध वित्यो , अर्को १० बर्ष संविधान लेखनमा बितेको भन्दै उहाले अबको १० बर्ष राष्ट्रको वृहतर विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भरतपुर वडा नं. ८ को संयुक्त बाम चुनावी सभालाई सम्बोधन गर्दै उहाले सो कुरा बताउनुभयो ।

थोरै भोटले बिजयी भएर जित नहुने भन्दै उहा“ले चितवनबाट नया“ रेकर्ड बनाउनु पर्नेमा जोड दिनुभयो । पहिलो चोटी आफ्नो जिल्लाबाट उम्मेदवारी दिएको उल्लेख गर्दै उहाले चितवनबाट निर्वाचत निर्वाचीत भई समाजबादी नेपाल निमार्णको महान यात्रामा बढने सपना देखेको छु त्यसलाई बिपनामा लौजान सबैलाई आग्रह समेत गर्नुभयो । चितवन जिल्लाको जनताको अभिमतबाट निर्वाचत हुन चाहेर नै गृह जिल्ला आएको स्पष्ट पार्नुभयो ।

चितवनका सचेत जनताले ९ जना बामगठबन्धका उम्मेदवारलाई मात्र बिजित गरेर नहुदै ,नया“ रेकर्ड कायम गर्नु छ– उहाले भन्नुभयो । भारी मत अन्तरका साथ निर्वाचनमा विजयी भएर राष्ट्र भरि चितवनबाट ठुलो सन्देश दिनु पर्ने समय आएको छ उहाले थप्नुभयो । रेकर्ड बनाउन सक्नु प¥यो । जुन रेकर्ड हरेर वामपन्थी नेताको हैसियतले राष्ट्र हाक्न पाईयोस् । चितवनबाट तिब्र विकासको परियोजन बनाउन सकियोस् र राष्ट्रको समृद्धिको योजना गराउन सकियोस ।

बाम एकताले २१ औ शताब्दीमा पनि नेपालबाट समाजबादको मोडेल विश्वलाई दिन सक्छौ । चितवनको विकास गर्न कठिन छैन त्यसका लागि बलियो बामपन्थीहरुको सरकार बन्नुपर्छ । स्थिर सरकार बन्नु पर्छ–प्रचण्डले भन्नुभयो । चितवनको अनुहार बदल्न सकिन्छ । १० महिने सरकारको मेहेनेत गर्दा धेरै चिज हुन सक्ने भन्ने कुराको अनुभव रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस