काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनास्थल नजिकैसम्ममात्र केही स्थानीय र केही प्रहरी सुरक्षाकर्मी पुगेको बताइएको छ । स्थानीय र प्रहरी उक्त स्थानमा पुग्दा आगो बलिरहेको देखिएको छ । आगो बलिरहेकाले घट्नास्थल पुग्न कठिन भएको छ । लासका टुक्राहरु उछिटिएको अवस्थामा देखिएका छन् ।
तेह्रथुमको आठराई गाउँपालिकामा रहेको कार्यक्रममा सहभागिता जनाउन पुगेको बेला भने पर्यटनन्त्री अधिकारीका साथ उनका अंगरक्षक अर्जुन घिमिरे, एअर कम्पनीका प्रवन्धक आङ्छिरिङ शेर्पा,नागरिक उड्यन प्राधिकरणमा उपमहानिर्देशक बीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै क्षेत्रीय निर्देशक ध्रुव दास, प्रधानमन्त्री कार्यालयका कर्मचारी श्याम दाहाल, र चालक प्रभाकर श्रेष्ठ रहेका थिए ।
हेलिकप्टर ताप्लेजुङको पाथीभरा मन्दिर आसपास दुर्घटनामा परेको थियाे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ फागुन २०७५, १५ : २५
लेखकबाट थप