भारतीय वायुसेनाको बिमान काश्मिरमा दुर्घटना, पाइलटको मृत्यु

एजेन्सी

बुधबार, १५ फागुन २०७५, १२ : २८
भारतीय वायुसेनाको बिमान काश्मिरमा  दुर्घटना, पाइलटको मृत्यु

काठमाडाैं । भारतीय वायुसेनाको एउटा लडाकु बिमान मिग २१ काश्मिरमा दुर्घटना भएको छ । दुर्घटनामा बिमानका पाइलटको मृत्यु भएको छ । अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको छ ।
बुधबार जम्मू कश्मीरको बडगामबाट सात किलोमिटर टाढाको एउटा गाउँमा विमान दुर्घटना भएको हो । मिग २१ ले श्रीनगर बिमानस्थलबाट उडान भरेको थियो । उडान लगत्तै ठूलो आवाजसहित बिमान पड्कियो र खेतमा खस्यो । दुर्घटनाग्रस्त विमान पूर्णरुपमा ध्व्स्त भएको छ । अहिले श्रीनगर बिमानस्थलबाट उडान र अवतरण बन्द गरिएको छ ।

भारतीय वायू सेनाको एक लडाकु बिमानले पाकिस्तानी क्षेत्रमा पसेर बम विष्फोट गराएको भोलिपल्ट यो घटना भएको हो । पछिल्ला २० दिनमा भारतमा ५ वटा बिमान दुर्घटना भएका छन् ।

प्रतिक्रिया दिनुहोस