दुई कोरियाबीच भएका पछिल्ला वार्ताले यदि दुवै मुलुक समस्या समाधानका लागि तयार भएमा समाधान असम्भव नभएको पुष्टि गरेको उत्तर कोरियाले गरेको छ ।
उत्तर कोरियाको सरकारी दैनिक पत्रिका रोडोङ सिनमुनमा प्रबाशित एक लेखमा भनिएको छ, “अव उत्तर र दक्षिण कोरियाबीच समस्या समाधानका गर्ने र सम्बन्ध सुधार गर्नका लागि इमान्दार छलफल गर्ने वेला भएको छ ।”
सोल र प्योङयाङबीच गत मङ्गलबार पानमुनजोममा विगत दुई बर्षमा पहिलो पटक उच्च स्तरीय वार्ता भएको थियो । वार्तामा प्योङचाङमा हुने शीतकालिन ओलम्पिक खेलमा उत्तर कोरियालाई सहभागी गराउने दुई देशबीच सहकार्य र तनाव कम गर्ने बिषयमा केही सहमति भएको थियो । यसैलाई उदाहरण दिँदै दुई मुलुकबीचको इमान्दार प्रयास सम्बन्ध सुधारका लागि आवश्यक रहेको पुष्टि भएको उत्तरको दावी छ ।
उत्तर कोरियाली नेता किम जोङ–अनले नयाँ बर्षको पहिलो दिन सम्बन्ध सुधारका लागि प्रस्ताव गरेपछि वार्ता हुन सकेको हो । शनिबार दक्षिण कोरिया र उत्तर कोरियाबीच कार्यस्तरीय वार्ताका अर्को हप्ता छलफल हुने बताइएको सोलका एकीकरण मामिला मन्त्रीले बताए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ३० पुस २०७४, १३ : ४५
लेखकबाट थप