चितवन बिशेष

भोली नारायण मुग्लिन सडक खण्ड बन्द

शुक्रबार, २४ कार्तिक २०७४, १५ : ०४
भोली नारायण मुग्लिन सडक खण्ड बन्द

 


चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड भोली शनिवार बन्द हुने भएको छ । चट्टानहरुले थप निमार्ण कार्यलाई असजह बनाए पछि कामलाई अगाडी बढाउन सकिएको थिएन । सडकखण्ड अन्तरगतको सेती दोभान नजिकको डुलो चट्टान सहितको ढिस्को झार्न सडक बन्द गर्न लागिएको हो । सडक आयोजना कार्यालयले सुचना जारी गर्दै विहान १० बजे देखि साझ ५ बजेसम्म बन्द रहने जनाएको छ । सडक खण्डको कामलाई तिब्रता दिन समय समयमा बाटो बन्द गर्दै कामलाई अगाडी बढाउने गरिएको छ ।

आयोजना ईन्जिनियर शिव खनालका अनुसार सवारी सधान रोकेर निर्माण कार्य गरिने छ । उहाले आईतबार कात्तिक २६ गते देखि भने सवारी चाप हेरेर एकपटकमा एक देखि डेढ घण्टासम्म सवारी साधानलाई रोकेर काम हुने जानकारी दिनुभयो । विहान ७ देखि दिउसो ४ बजेसम्म सवारी चाप हेरेर काम गरिने छ । जिल्ला प्रशासन कार्यालयमा भएको छलफल पछि उक्त निर्णय गरिएको थियो । नजिकिदै गरेको निर्वाचनलाई मध्यनगर गर्दै सजह आवगमन गराउने उदेश्यले यस्तो निर्णय गरिएको हो खनालले भन्नुभयो ।

काम छिटो सक्नु छ त्यसैले यस्तो गर्नु परेको हो । सडक खण्डको सोह्र किलो घुमाउने र चेपाङ डाडाको पहाड अझै काट्न बाकी छ । पहाड कटिङ गर्ने समयमा सवारीसाधान खुला गर्दा दुर्घटना जोखिम बढी हुन्छ । दुर्घटनालाई मध्यनजर गर्दै बाटो नै बन्द गरेर कामलाई अगाडी बढाईएको हो खनालले जानकारी दिनुभयो । प्रमुख जिल्ल अधिकारी नारायण प्रसाद भट्टले पनि २६ गते देखि पहाड कटिङ गर्ने ठाउमा एक÷ डेढ घण्टा सवारीसाधान रोक्ने निर्णय भए पनि अवस्था हेरेर एकतर्फी गाडी चल्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस