बाढिले बगाएर भारत पुर्याएको एउटा गौंडालाई उद्धार गरि नेपाल ल्याईएको छ ।
गत साउन अन्तिम साता आएको बाढिका कारण बगाएर भारत पुर्याएको एउटा गौंडालाई आज साँझ उद्धार गरी नेपाल तर्फ ल्याईएको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार भारतको बालमिकि टाईगर रिर्जभको मदनपुर क्षेत्रबाट अन्दाजी १५ वर्षको पोथी गौंडालाई आज उद्धार गरि नेपाल ल्याईएको हो । मदनपुर क्षेत्र नेपालको सिमा क्षेत्रबाट २० किलोमिटर पूर्ब तर्फ पर्दछ ।
नेपालबाट लागेका चार हात्ति र झण्डै ७० जना जनशक्तिको दिनभरको प्रयासबाट दिउँसो गौंडालाई नियन्त्रर्णमा लिईएको पाठकले बताउनु भयो । डाट गरेर गौडालाई बेहोस बनाई ट्रकमा राखेर साँझ नेपाल तर्फ ल्याईएको छ । ट्रकमा राखेर ल्याईएको गैंडालाई शुक्रबार बिहान सौराहा क्षेत्रबाट निकुञ्जमा छोडिदैं छ । भारतकै उत्तर प्रदेशमा पनि अर्को एक गौंडा देखिएको पाठकले बताउनु भयो ।
नेपालको सिमा क्षेत्रबाट झण्डै ६० किलोमिटर टाढा वन क्षेत्रमा गौंडा देखिएको सुचना प्राप्त भएको हो । सो क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको एक टोलि अबस्था बुझ्नका लागि सो तर्फ जान लागेको छ । यस बाढिले बगाएर भारत पुर्याएका आठ गौंडाको उद्धार गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस