आँपटारीमा शुक्रबार र शनिबार रोटा बास्केटबल

विहीबार, २३ कार्तिक २०७४, १९ : ५५
आँपटारीमा शुक्रबार र शनिबार रोटा बास्केटबल

चितवन । रोटरी क्लब अफ चितवन र रोट¥याक्ट क्लब अफ चितवनको आयोजनामा शुक्रबार र शनिबार आँपटारीस्थित स्मल हेभन मोडल स्कुलमा भागीरथी स्मृति रोटा बास्केटबल प्रतियोगिता हुने भएको छ ।

आयोजकले बिहीबार साँझ नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा ११ वटा स्कुलले भाग लिएका छन् । प्रतियोगितामा पहिलो हुने टिमलाई ३० हजार र दोस्रो हुने टिमलाई २० हजार नगद पुरस्कारसहित ट्रफी दिइनेछ । उत्कृष्ट खेलाडीले सात हजार रुपैयाँ बराबरको खेल सामग्री प्राप्त गर्नेछन् ।

पत्रकार सम्मेलनमा बोल्दै रोटरी क्लब अफ चितवनका चार्टर्ड प्रेसिडेण्ट निरञ्जन प्रधानले युवा सक्रियताका लागि रोटरीले खेललाई प्राथमिकता दिएको बताए । प्रसिडेण्ट इलेक्ट कपिलबाबु खनालले खेलको माध्यमबाट युवाहरुमा सकारात्मक सोच आउनले विचार व्यक्त गरे । रोट¥याक्ट क्लब अफ चितवनका अध्यक्ष जनक ढकालले बास्केटबलको प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस