प्रधानमन्त्री ओलीद्वारा विश्व कीर्तिमान राख्न सफल रोहितलाई बधाई

आइतबार, १३ माघ २०७५, १३ : १२
प्रधानमन्त्री ओलीद्वारा  विश्व कीर्तिमान राख्न सफल रोहितलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान राख्न सफल क्रिकेटर रोहितकुमार पौडेललाई आज बधाई दिनुभएको छ । 

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकामा रोहितलाई बधाई दिनुभएको हो । 

प्रधानमन्त्री ओलीले ट्वीटरमा अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपाली युवाले पाएको सफलताले राष्ट्रलाई अत्यन्त हर्षित बनाएको उल्लेख गर्नुभएको छ । रोहितले शनिबार युएईविरुद्धको अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका थिए । 

अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा अर्धशतक पूरा गर्दा रोहित १६ वर्ष १४६ दिनका थिए । १५ वर्षको उमेरमा एक दिवसीय क्रिकेटमा डेब्यु गरेका रोहितले भारतीय पूर्व खेलाडी सचिन तेन्दुलकर र पाकिस्तानका शाहिद अफ्रिदीको कीर्तिमानलाई भङ्ग गरेका हुन् । 

यसअघि सचिनले १६ वर्ष २१३ दिनको हुँदा एक दिवसीयमा अर्धशतक बनाएका थिए । यस्तै अफ्रिदीले १६ वर्ष २१७ दिन हुँदा अर्धशतक बनाएका थिए । 

प्रतिक्रिया दिनुहोस