काठमाडौंमा नेविसंघका कार्यकर्ता र प्रहरीबीच झडप, ३ जना घाइते

सफल खबर संवाददाता

मंगलबार, ०८ माघ २०७५, १९ : ३५
काठमाडौंमा नेविसंघका कार्यकर्ता र प्रहरीबीच झडप,  ३ जना घाइते

काठमाडौं । काठमाडौंको नयाँ वानेश्वरमा नेविसंघका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । डा. गोविन्द केसीसँग गरिएको सहमति विपरित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गराउन खोजेको भन्दै मङगलबार नेविसंघले गरेको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । 

नेविसंघ कार्यकर्ताहरु ट्रलीबस स्टेसन तर्फबाट संसद भवनको पूर्वी गेटतर्फ अघि बढेपछि झडप भएको हो । 

झडपमा नेविसंघका महामन्त्री कुन्दन काफ्लेसहित ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा नेविसंघका महामन्त्री कुन्दन काफ्ले, नेविसंघ ३ नम्बर प्रदेश समितिको उपाध्यक्ष रामप्रसाद अधिकारी र मनिष सिंखडा छन् ।  

घाइतेहरुको नयाँ वानेश्वरस्थित एभरेष्टमा अस्पतालमा उपचार भैरहेको उनले बताए । नेविसंघका केन्द्रीय सदस्य नवराज त्रिपाठीले दमनको विरोधमा बुधबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने तयारी गरेको बताए ।  

 

प्रतिक्रिया दिनुहोस