हिन्दू राष्ट्र पुनस्र्थापना गराउन दबाब दिइन्छ : कमल थापा

सोमबार, ०७ माघ २०७५, १९ : १७
हिन्दू राष्ट्र पुनस्र्थापना गराउन दबाब दिइन्छ : कमल थापा

हेटौँडा । राप्रपा अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र पुनस्र्थापना गराउन पार्टीले दबाब दिने बताउनुभएको छ । 
राप्रपाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालमा धर्मपरिवर्तनको रफ्तार बढेकामा चिन्ता व्यक्त गर्दै उहाँले मुलुकमा धार्मिक द्वन्द्वको खतरा रोक्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले राप्रपा सर्वधर्म समभावसहितको हिन्दू राष्ट्रको पक्षमा रहेको बताउनुभयो । 

एक अर्को फरक प्रसङ्गमा अध्यक्ष थापाले हेटौँडालाई नै प्रदेश नं ३ को स्थायी राजधानी तोकिनुपर्नेमा जोड दिनुभयो । सबै कोणबाट हेटौँडा राजधानीका लागि उपयुक्त रहेको उहाँको भनाइ थियो । (रासस)
 

प्रतिक्रिया दिनुहोस