तातो तेलमा जलेकी सिम्रनको स्वास्थ्य सुधार हुँदै

शनिबार, ०५ माघ २०७५, १८ : ५०
तातो तेलमा जलेकी सिम्रनको स्वास्थ्य सुधार हुँदै

चितवन । पाँच दिनअघि तातो तेल शरीरमा परेर घाईते भएकी गैँडाकोट नगरपालिका ३ की २२ महिने बालिका सिम्रन पौडेलको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताएका छन् ।
भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत पौडेलको स्वास्थ्यमा सुधार हुँदै आएको अस्पतालका निर्देशक दायाराम लम्सालले जानकारी दिनुभयो । हिजोसम्म  आँखा खोल्न नसेकेकी उनले आजबाट भने दुवै आखाँ खोलेर हेर्न सक्ने भएकी छिन । उनको उपचारमा संलग्न चिकित्सकका अनुसार शरीर जलेको निको हुँदै गएपनि शरिरका भित्र अङलाई गम्भीर असर भएको हुनसक्छ । बालिकाको अवस्था पहिलाकै जस्तो सामान्य हुने कि नहुने भन्नेबारे अहिले नै भन्न नसकिने चिकित्सकहरुको भनाई छ ।
गैँडाकोटमा डेरी गरि बस्ने कृष्ण पौडेल र विष्णु पौडेलले सोही चोकमा ठेलाको मःम व्यवसाय चलाउँदै आई रहेका थिए । ठेलामा मःम पकाइ रहेको समयमा सिम्रनले ग्याँसको पाईप तान्दा उनको शरीरमा तातो तेल पोखिएको थियो ।
उनको उपचारमा आर्थिक अभाव भएपछि स्वदेश तथा विदेशबाट आर्थिक संकलन भईरहेको छ । जिल्लाका सामाजिक सघंसस्थाको अगुवाइमा आर्थिक संकलन गरि उनको परिवारलाई हस्तान्तरण गर्ने काम भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस