‘ठूला भवन हुँदैमा शिक्षाको गुणस्तर हुन्न’

बुधबार, ०२ माघ २०७५, २० : ५०
‘ठूला भवन हुँदैमा शिक्षाको गुणस्तर हुन्न’

फाईल तस्विर

रामेछाप । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भवन राम्रा र ठूला हुँदैमा शिक्षाको गुणस्तर राम्रो नहुने बताउनुभएको छ ।

दोरम्बा गाउँपालिकामा २१औँ भूकम्प सुरक्षा दिवसका अवसरमा नवनिर्मित भवनको उद्घाटनका क्रममा उहाँले सामुदायिक विद्यालयका शिक्षकले आफ्ना बालबालिका निजी विद्यालय पढाउने र अरूका बालबालिका मात्र सरकारी विद्यालयमा पढाउने गर्दा शिक्षामा गुणस्तर नआउने बताउनुभयो ।

उहाँले सो गाउँपालिकास्थित कालिका मावि लखनपुर रिष्ठेको १२ कक्षाकोठा भएको तीनतले, दुई भवन र दुई तले भवन तथा लखनपुरकै थापागाउँमा नवनिर्मित दुई र एक तले ६ कोठे भवनको उद्घाटन गर्नुभएको छ । रिष्ठेमा निर्माण गरिएको भवनको कूल रु आठ करोड ४२ लाख ४२ हजार र थापागाउँमा निर्माण गरिएको भवन रु ६ करोड ५५ लाख ४१ हजार ९४४ को लागतमा निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका प्रमुख हेमन्तकुमार बुढाथोकीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस