काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज आईतबार सञ्चालक समितिका अध्यक्ष केशव बहादुर रायमाझीको अध्यक्षतामा अनुपम फुडल्याण्ड, बत्तीसपुतली, काठमाडांैमा साधारण सभा सम्पन्न भएको हो ।
नवौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई ६८ करोड, ६६ हजार ८ सय तीन २५ पैसा बराबर अर्थात चुक्ता पूँजीको ८.५० प्रतिशत नगद लाभाँश वितरण गर्ने प्रस्ताव गरिएको वासलात र नाफा–नोक्सान हिसावसहितको वित्तिय विवरणहरु स्वीकृत गरेको छ ।
सो सभाबाट सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्नुका साथै, सञ्चालक समिति स्तरिय लेखा परिक्षण समितिको सिफारिसमा आर्थिक बर्ष २०७५/०७६ को लागि बाह्य लेखा परिक्षकमा SAR Associates, Chartered Accountants नियुक्त गर्ने निर्णय गरेको छ ।
सभाले सम्बन्धित निकायको स्वीकृतिमा बैंक आफै वा सहायक कम्पनीमार्फत शेयर ब्रोकरेज सम्बन्धि कार्य गर्ने ब्यवस्था प्रवन्ध पत्रमा थप गर्न स्वीकृत गर्नुका साथै, बैंक र अन्य उपयुक्त बंैक र वित्तीय संस्था एक आपसमा गाभ्न÷गाभिन (मर्जर) वा स्वदेशी विदेशी रणनीतिक साझेदारीमा जानका लागि आवश्यक अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।
नवौ वार्षिक साधारण सभाको मितिसम्म आईपुग्दा बैंकको निक्षेप संकलन रु. ६८ अर्ब र कर्जा लागानी रु. ६३ अर्ब पुगेको छ । बैकको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म १२९ शाखा, ५० शाखारहित बैंकिग केन्द्र, ७९ एटीएम सञ्चालनमा रहेको छ । बैंकले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा रु. ३२ करोड (एनएफआरएस बमोजिम) मुनाफा आर्जन गर्न सफल भएको कम्पनी सचिव बिश्व सुवेदीद्वारा जारी विज्ञप्तिा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ पुस २०७५, १८ : ०४
लेखकबाट थप