नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडकोे ३२ औँ वार्षिक साधारण सभा सम्पन्न

सफल खबर संवाददाता

आइतबार, २९ पुस २०७५, १७ : ४६
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडकोे ३२ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडकोे ३२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाडेँको अध्यक्षतामा सम्पन्न साधारणसभाले संचालक समितिको प्रतिवेदन पारित गर्नुका साथै नेपाल राष्ट्र बैंकको निर्देशानुसार Nepal Financial Reporting Standards (NFRS) बमोजिम तयार वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साधारण सभाले २०७४/७५ सम्मको संचित मुनाफाबाट २०७५ आषाढ मसान्तसम्ममा कायम शेयर पूँजीको १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकको चुक्ता पूँजी रु. १२ अर्ब ५८ करोड (पारित १८ प्रतिशत बोनस सहित) पुगेको छ । त्यसै गरी बैंकको जगेडा तथा कोषको रकम पनि बढेर रु. ९ अर्ब ७७ करोड पुगेको छ भने शेयर धनी कोष रकम रु. २४ अर्ब ८७ करोड पुगेको छ । यस बैंकको शेयरधनी कोष निजी क्षेत्रका बैंकहरुमध्ये उच्च रहेको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७४–७५ मा रू.४ अर्ब ९५ करोडको सञ्चालन मुनाफा कमाएको छ । त्यसै गरी खुद नाफा ३ अर्व ६५ करोड पुगेको छ  । बैंकको निक्षेप ११.४५ प्रतिशतले बढेर रू. १ खर्ब ४० अर्ब पुगेको छ भने कर्जा लगानी १४.४४ प्रतिशतले बढेर रू.१ सय २० अर्ब पुगेको छ । बैंकको खराब कर्जा (एन.पि.ए.) अनुपात १.३६ प्रतिशत रहेको छ ।

बैंकिङ्ग सेवा नपुगेका स्थानीय तहमा कार्यालय खोल्ने नेपाल राष्ट्र बैंकको निर्देशनलाई पालना गर्दै शाखा विस्तारको क्रममा बंैकले उपत्यकाभित्र र बाहिर गरी १६ वटा नयाँ शाखाहरु विस्तार गरेको छ भने एस डेभलप्मेण्ट बैंक लिमिटेडको प्राप्तिपछि एकै क्षेत्रमा रहेका केही शाखाको स्थानान्तरण पनि गरेको छ । विस्तारित शाखा सहित बैंकले काठमाण्डौं उपत्यकाभित्र २३ तथा उपत्यका बाहिर ५५ गरी जम्मा ७८ वटा शाखा कार्यालय, ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४७ वटा शाखारहित बैंकिङ सुविधा तथा १०९ वटा एटिएमबाट सेवा दिइरहेको छ ।

त्यस्तै यही वर्ष बैंकको सहायक कम्पनी एन आईबिएल क्यापिटल मार्केट लिमिटेड र साविक एस क्यापिटल लिमिटेड एक आपसमा गाभिई नेपालको सबैभन्दा बढि रु.२७ करोड चुक्ता पूंजीभएको मर्चेन्ट बैंकरको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड स्थापित भएको छ । साथै आफ्ना उपलब्ध सेवाहरुलाई सुलभ एवं सहज बनाउन उपत्यकाभित्र लालदरवार र लगनखेल तथा उपत्यका बाहिर पोखरा, बुटवल, बिरगञ्ज र बिराटनगरमा पनि शाखा विस्तार गरिसकेको छ  ।

बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तिय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने लक्ष्यलाई निरन्तरता दिँदै समयानुकुल प्रविधिको प्रयोगमा थप जोड दिई ग्राहक सेवामा सहजता ल्याउने तथा राष्ट्रको समग्र विकासमा अग्रसर हुने भावी योजना बनाएको छ । 

यस वर्षदेखि बैंकले आफ्ना कार्ड संजालमा मास्टरकार्डको सेवा संचालनमा ल्याएको छ । मास्टरकार्डबाट एटिएम र पस मेसिन दुबैको सुविधा प्राप्त गर्न सकिन्छ ।
बैंक अफ दिइयर पाँच पटक प्राप्त गरिसकेको NIBL ले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेकोे अब्बल प्रदर्शनका कारण नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट Euromoneyaward for excellence “Best Bank 2018” अवार्ड प्राप्त गर्न सफल भएको छ भने यसै बर्षइक्रा नेपालद्धारा प्रदान गरिदै आएका क्रेडिट रेटिङ्गमा A बाट A + ल्याई स्त्तरोनन्ति गरेको छ ।

प्रतिक्रिया दिनुहोस