डा. केसीले बयानमा भने - पराजुलीले दुई ठाउँबाट नागरिकता लिनु गैरकानुनी होइन?

मंगलबार, २५ पुस २०७४, १५ : २६
डा. केसीले बयानमा भने - पराजुलीले दुई ठाउँबाट नागरिकता लिनु गैरकानुनी होइन?

काठमाडौं । सोमबार त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलबाटै पक्राउ परेर आज सर्वोच्च अदालतमा  हाजिर गराइएका डाक्टर गोविन्द केसीले बयान दिएका छन् ।

डा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीका न्यायिक कार्यहरुको फेहरिस्त उल्लेख गर्दै उनीप्रति बयान केन्द्रित गरेका छन्। डा केसीले प्रधानन्यायाधीश पराजुलीले दुई ठाउँबाट नागरिकता लिएको भन्दै उनीमाथि न्यायिक छानबिन गरी कारबाही हुनुपर्ने, अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीलाई सफाइ दिएको प्रकरणमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने लगायत उल्लेख गरेका छन् ।

डा केसीले पराजुलीले न्यायपालिकाको आस्था, गरिमा र स्वाधीनतालाई चुनौती दिएको भन्दै उनीबाटै अदालतको अवहेलना भएकाले पराजुलीमाथि अदालतको अवहेलनामा कारबाही गर्न माग गरेका छन् ।

बयानपछि सर्वोच्चमा इजलास चलिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस