आई.एम.ई लाइफइन्स्योरेन्सको बेनी र कुश्मा शाखाको समुद्घाटन

सफल खबर संवाददाता

सोमबार, २३ पुस २०७५, १८ : ०४
आई.एम.ई लाइफइन्स्योरेन्सको बेनी र कुश्मा शाखाको समुद्घाटन

काठमाडौं । आई.एम.ई. लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको उद्देश्य अनुरुप व्यापार व्यवसाय विस्तार तथा प्रबद्र्धन गर्ने क्रममा पर्वत जिल्लाको कुश्मा र म्याग्दी जिल्लाको बेनीमा शाखा कार्यालय विस्तार गरेको छ । सो शाखाहरुको समुदघाटन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालले गर्नुभयो । 

सो अवसरमा बोल्दै डा. अर्यालले न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगमा बसोबास गर्ने व्यक्तिहरुको जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा विस्तार गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको र सोही अनुरुपको कार्य गर्नका लागि कम्पनी सदैव तयार रहेको जानकारी गराउनुभयो । कम्पनीले हाल ६९ स्थानबाट आफ्नो शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । 

कम्पनीले सामान्य सार्वधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजनाहरु ल्याएको छ । सो अवसरमा कम्पनीका सहायक महाप्रबन्धक दिनेश अमात्य, प्रदेशिक प्रमुख तथा सन्बन्धीत शाखाका शाखा प्रमुखहरुको समेत उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस