प्रा. डा. गोविन्द केसीले दिए पुनः अनसन बस्ने चेतावनी

सफल खबर संवाददाता

सोमबार, २३ पुस २०७५, १० : ५९
प्रा. डा. गोविन्द केसीले  दिए पुनः अनसन बस्ने चेतावनी

काठमाडौं । प्रा. डा. गोविन्द केसीले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सच्याउन माग गरेका छन् । उनले प्रतिवेदन नसच्याए अनसन बस्ने चेतावनी समेत दिएका छन् ।

डा. केसीले सोमबार पत्रकार सम्मेलन गर्दै विचरित प्रेस विज्ञप्तिमा भनेका छन्, ‘शिक्षा तथा स्वास्थ्य समितिकी सभापतिले सार्वजनिक रुपमै हामीसँग भएको सम्झौता अनुरुप नै विधेयक पारित हून्छ भनेकाले हामीले सत्याग्रहका कार्यक्रम पुस २५ सम्म्का लागि सारेका थियौं’ उनले भनेका छ्न्, ‘हामीसँग भएको सम्झौता विपरित उपसमितिले बनाएको प्रतिवेदन अबिलम्ब सच्याउन समितिलाई माग गर्दछौं । अन्यता हामीले दिएको समयसीमा भन्दाअगाडि नै सत्याग्रह सुरु गर्न बाध्य हुनेछौं ।’

उपसमितिले आइतबार मात्र डा. केसीसँग भएको सहमति विपरित चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पास गरेको थियो । प्रतिवेदनमा कांग्रेस सांसद गगन थापोल फरक मत राखेका छन् । यो प्रतिवेदन आज पूर्ण पेश हुँदैछ ।

विज्ञप्ति

प्रतिक्रिया दिनुहोस