विद्यालयलाई एक लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग

सफल खबर संवाददाता

आइतबार, २२ पुस २०७५, १७ : ३८
विद्यालयलाई एक लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग

चितवन l सामथ्र्य नेपालले अभिभावकविहीन बालबालिकालाई आर्थिक सहयोग गरेको छ ।

लामो समयदेखि सामाजिक कार्यमा क्रियाशील सामर्थ नेपालले चमेलीदेवी पिया आधारभुत विद्यालय भमनपा ३ बेलचोकमा बिद्यालयको २० आँै बार्षिक उत्सबको अवसरमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष निर्माण गरेको अभियानका संयोजक अर्जुन भुषालले बताउनु भयो ।

देउसी भैलो खेलेर संकलन गरिएको रकम प्रदेश सांसद एवं कार्यक्रमकी प्रमुख अतिथि गीता वाग्लेमार्फत विद्यालयलाई हस्तान्तरण गरिएको हो । अभियानले देशब्यापी रूपमा विभिन्न सामाजिक जागरणका अभियान चलाइरहेको भन्दै भुषालले केही वर्षभित्रमा नै कोषमा १० लाख रुपैया बनाइने बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस