इच्छाकामना । इच्छाकामना गाउँपालिका वडा नं ७ मा रहेको कालिका पीपलटार सामुदायिक वनको आठौँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन इच्छाकामना गाउँपालिका प्रमुख गीताकुमारी गुरुङले गरेकी थिइन् ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गुरुङले वनको जगेर्ना गर्नमा समुदाय लाग्नुपर्ने बताइन् । कार्यक्रममा सामुदायिक वन महासंघका उपाध्यक्ष पुस्तकप्रसाद गौतमले सडकमा पर्ने रुखहरुका काट्नको लागि गाउँपालिकालाई पहल गरिदिन आग्रह गरेका थिए ।
साधारण सभामा वनका कोषाध्यक्ष लक्ष्मण फ्यूबाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वनका अध्यक्ष मानबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सविना गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ पुस २०७५, १३ : ५८
लेखकबाट थप