९ बुँदे प्रस्ताव पारित गर्दै कुुखुरा व्यवसायी मन्चको अधिवेशन सकियो

सफल खबर संवाददाता

शनिबार, २१ पुस २०७५, १९ : ३२
९ बुँदे प्रस्ताव पारित गर्दै कुुखुरा व्यवसायी मन्चको अधिवेशन सकियो

भरतपुर । नेपाल कुुखुरा व्यवसायी मन्चको सातौं अधिवेशन तथा १३ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले नेपाल कुखुरा व्यवसायी मन्चको अध्यक्षमा क्रृषिराम पौडेललाई निर्विरोध निर्वाचित गरेको छ ।

मन्चको प्रथम उपाध्यक्षमा राजेन्द्र लामिछाने, द्वितीय उपाध्यक्षमा रघुनाथ भट्ट, तृतीय उपाध्यक्षमा डा.रेवन्तकुमार भट्टराई, महासचिवमा ज्ञानबहादुर बिसुराल, सचिवमा रामलाल भुसाल र कोषाध्यक्षमा कृष्णहरी लोहनी निर्विरोध निर्वाचित भएका हुन् । नेपाल कुखुरा व्यवसायी मन्चमा पोल्ट्रीका सात वटा संघसंस्थाहरु रहेका छन् ।

मन्चका अध्यक्ष प्राडा होमबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि सांसद कृष्णभक्त पोख्रेल रहेका थिए । कार्यक्रममा पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्ट, नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष शंकरप्रसाद कँडेललगायतले मन्तव्य दिएका थिए । व्यवसायीहरुले ९ बुँदे माग पारित गरेका छन् । 
जसमा पोल्टी क्षेत्रलाई अगाडि बढाउन वैदेशिक लगानी आवश्यक नपर्ने, क्वारेन्टाइन चेकपोष्ट २४ सै घण्टा खुला राखिनुपर्ने, मकै भटमासको उत्पादन बढाउनुपर्ने, पोल्ट्री क्षेत्रको बजारीकरणको व्यवस्था गरिनुपर्ने लगायतका मागहरु व्यवसायीहरुले पारित गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस