प्रेस युनियनको केन्द्र र प्रदेश अध्यक्षमा चितवनका अग्रज पत्रकार सिफारिस

सफल खबर संवाददाता

शनिबार, २१ पुस २०७५, १८ : २८
प्रेस युनियनको केन्द्र र प्रदेश अध्यक्षमा चितवनका अग्रज पत्रकार सिफारिस

 चितवन । नेपाल प्रेस युनियन चितवनले केन्द्र र प्रदेश अध्यक्षमा दुई जनाको नाम प्रस्ताव गरेको छ । आसन्न निर्वाचनमा केन्द्रीय अध्यक्षमा दीपक आचार्य र प्रदेश अध्यक्षमा नारायणप्रसाद अधिकारीलाई कार्यसमिति बैठकले प्रस्ताव गरेको हो । आचार्य हाल केन्द्रीय बरिष्ठ उपाध्यक्ष हुन् भने अधिकारी युनियन चितवनका निर्वतमान अध्यक्ष हुन् ।

आचार्य ०५२ सालदेखि पत्रकारितामा सक्रिय छन् । मध्यमाञ्चल संयोजकको जिम्मेवारी पुरा गरेका आचार्य पोखरा महाधिवेसनबाट बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । उनलाई पत्रकार महासंघ चितवन शाखाले यही मंसीरमा मैयाँदेवी पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको थियो । आचार्य हाल युगवाणी डटकम न्युज पोर्टलमा कार्यरत छन् । उनी चितवनबाट प्रकाशन नयाँ सृष्टिको कार्यकारी सम्पादक, पिपलबोट साप्ताहिकको प्रधान सम्पादकका रुपमा काम गरिसकेका छन् । साप्ताहिक, नेपाल, कामना, समाचारपत्र दैनिक, कामना मासिक, स्पेस टाइम टैनिक, च्यानल नेपाल, हिमालय टाइम्स, नयाँ सडक दैनिक लगायतका पत्रपत्रिकामा आवद्ध थिए । पत्रकार महासंघ चितवनले ०५६ मा उत्कृष्ट पत्रकारिता पुरस्कार, नेपाल प्रेस युनियन चितवनले ०६० सालमा ‘नेपाल प्रेस युनियन पत्रकारिता पुरस्कार, नेपाल प्रेस युनियन कपिलवस्तुले उत्कृष्ट पत्रकारका रुपमा सम्मान गरेको थियो । नेपाल प्रेस युनियनको  आगामी नवाँै महाधिवेसनको अध्यक्ष पदको लागि प्रमुख दाबेदार मानिन्छन् ।

यस्तै दुई दशक सक्रिय पत्रकारिताको अनुभव संगालेका पत्रकार अधिकारीको नेतृत्वमा पत्रकार सम्बद्ध संस्थाको पहिलो भवनका रुपमा नेपाल प्रेस युनियन चितवनले भवन बनाउन सफल भएको छ । जग्गा तथा दाता खोजी अभियानमा उनले सक्रियता देखाएका थिए ।  उनले सचिव, उपाध्यक्ष हुँदै प्रेस युनियनको अध्यक्षको जिम्मेवारी लिइसकेका छन् । पत्रकार महासंघ चितवनको उपाध्यक्ष रहेका अधिकारी रासस चितवनका प्रमुख हुन् । उनले कालिका एफएम, हाम्रो एफएम सञ्चालन तथा व्यवस्थापनमा सफल जिम्मेवारी पुरा गरेका थिए । अधिकारी प्रदेश अध्यक्षको प्रमुख दाबेदारका रुपमा मानिन्छन् । यसअघिको प्रेस युनियन चितवनको कार्यसमितिले केन्द्रीय अधिवेसनमा प्रस्ताव गरेका बरिष्ठ उपाध्यक्ष र केन्द्रीय सदस्यका उम्मेदवार विजयी बनेका थिए ।

शनिबार बसेको कार्यसमिति बैठकले प्रशिक्षण विभागलाई सशक्त बनाउदै पत्रकारिता तालिम छिटै सञ्चालन गर्ने निर्णय समेत गरेको छ । यस्तै माघ ६ गते प्रेस युनियनमा आवद्धलाई लक्षित गरी सानोगढी पर्यटकीय क्षेत्रमा पुर्नमिलन कार्यक्रम गरिने भएको छ । यस्तै समाचार संकलनका क्रममा यही पुस १३ गते सवारी दुर्घटनामा निधन भएका एपीवान टेलिभिजनका चितवनका संवाददाता प्रविण पौडेलको शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरिएको छ । ट्रकको ठक्करबाट स्कुटरमा सवार पौडेल रत्ननगर–१० निपनीमा दुर्घटनामा परेका थिए । स्वर्गीय पौडेलप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गदै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस