जनता बैंक र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता

सफल खबर संवाददाता

मंगलबार, १७ पुस २०७५, १८ : १२
जनता बैंक र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । जनता बैंक र सिटिजन लाइफ इन्स्यूरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई  एकद्वार सेवा प्रणालीमार्फत बिमा सेवा दिने अभिप्रायले इन्स्युरेन्स कम्पनीहरुसँग संझौता गर्ने क्रममा आज सिटिजन लाइफ इन्स्यूरेन्स कम्पनीसँग पनि संझौता गरेको हो ।

जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सिटिजन लाइफ इन्स्यूरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नु भएको छ । यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै १ सय २८ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जिवन बिमा गर्न सक्नेछन् । साथै शाखाहरुबाटै बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्तगर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस