कामना सेवा विकास बैंकको ६२ औं शाखा काठमाडौंको कलंकीमा

सफल खबर संवाददाता

सोमबार, १६ पुस २०७५, १६ : ३३
कामना सेवा विकास बैंकको ६२ औं शाखा काठमाडौंको कलंकीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं महानगरपालिकाको रिङरोड कलंकी आज ६२औं शाखा स्थापना गरी कारोबार शूभारम्भ गरेको छ ।

बैंकका अध्यक्ष सुदिप आचार्य, संचालकद्वय देव कृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुत्त रुपमा कारोबार शुभारम्भ गर्नु भएको थियो । शुभारम्भ कार्यक्रम कामु. प्रमुखकार्यकारी अधिकृतले बैंकले विभिन्न शहर तथा ग्रामिण भेग लगायत उपत्यकाका अन्य व्यापारिक केन्द्रहरुमा समेत शाखा सञ्जाल विस्तार गर्दै सरल तथा सहज बैंकिङ सेवा उपलब्ध गराउने बताउनु भयो । 
 

प्रतिक्रिया दिनुहोस