सुजुकी बर्गम्यान स्कुटरको रिजनल लञ्च

सफल खबर संवाददाता

सोमबार, १६ पुस २०७५, १४ : ५२
सुजुकी बर्गम्यान स्कुटरको रिजनल लञ्च

चितवन । केही समयअघि काठमाडौं र पोखरामा लञ्च गरिएको सुजुकी बर्गम्यान १२५ सिसी स्कुटरको सोमबार भरतपुरमा रिजनल लञ्च गरिएको छ । मिस्टर नेपाल विकल्पराज श्रेष्ठले एक समारोहबीच बर्गम्यान स्कुटरको लञ्च गर्नु भएको हो ।

चितवनको लागि सुजुकी टु ह्वीलर्सको आधिकारिक विक्रेता सेभ इन्टरनेशनल प्रा.लि.ले रिजनल लञ्चसँगै बिक्री शुभारम्भ गरेको छ । डिजिटल डसबोर्ड रहेको स्कुटरमा एलईडी हेडलाइट र ब्याक लाइट रहेको सेभ इन्टरनेशनल भरतपुरका सञ्चालक अमृत श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सन् १९०९ मा स्थापना भएको जापानी कम्पनी सुजुकीले सुरुमा कार र सन् १९५२ देखि टु ह्वीलर्सको उत्पादन सुरु गरेको जानकारी दिनुभयो । एक सय ९२ देशमा बिक्री हुँदै आएको सुजुकी २३ देशमा उत्पादन हुन्छ ।

सुजुकी बर्गम्यान स्कुटरको बजार मूल्य दुई लाख २९ हजार रुपैयाँ रहेको छ । लञ्चिङ कार्यक्रममा बोल्दै नेपालका लागि सुजुकीको आधिकारिक आयातकर्ता र वितरक भीजी अटोमोबाइल्सका मार्केटिङ मेनेजर नवराज कोइरालाले बाइक निर्माणमा ख्याति कमाएको जापानी कम्पनी सुजुकीका हरेक ब्राण्ड नेपालमा रुचाइएको र सुजुकी बर्गम्यानले पनि राम्रो बजार लिनेमा आफू आशावादी भएको बताउनु भयो । उहाँले हालसम्म नेपालमा उपलब्ध स्कुटरमध्ये सुजुकी बर्गम्यान आकर्षक र सुविधाजनक रहेको जानकारी दिनुभयो ।

ट्युबलेस ठूला टायर रहेको म्याक्सी स्कुटर सुजुकी बर्गम्यान १२५ मा सात हजार पाँच सय आरपीएम, आठ दशमलव सात बीएचपी र एक सय २४ दशमलव तीन सिसीको शक्तिशाली इञ्जिन रहेको छ । पाँच लिटर ६ सय एमएल क्षमताको फ्युल ट्यांकी रहेको बर्गम्यान स्कुटरको अगाडि चक्कामा डिस्क ब्रेक रहेको छ । डिजिटल ड्यासबोर्ड रहेको यस स्कुटरमा सेन्ट्रल लक सिस्टम, मोबाइल चार्ज गर्नको लागि पोर्ट लगायतका विशेषता रहेका छन् । लञ्चिङ कार्यक्रमपछि भरतपुरमा सुजुकी मोटरसाइकल ¥याली समेत निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस