डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवालै चुनावी खर्च विवरण निर्वाचन कार्यालय डडेल्धुरामा पेश गरेका छन् । चुनाव सम्पन्न भएको चार हप्ता पछि प्रधानमन्त्री देउवाले निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् ।
निर्वाचन कार्यालयमा पेश गरिएको विवरण अनुसार प्रधानमन्त्री देउवाले २३ लाख ४ हजार पाँच सय रुपैयाँ चुनावका लागि खर्च गरेका छन् ।
सबैभन्दा बढी गोष्ठी/कार्यकर्ता परिचालनमा ७ लाख ६५ हजार खर्च भएको विवरणमा उल्लेख गरिएको छ । यस्तै सवारीसाधनमा ४ लाख ५० हजार, सवारी इन्धनमा ९५ हजार, प्रचारप्रचार सामग्रीमा ९२ हजार, कार्यालय सञ्चालनमा ४ लाख ५० हजार, प्रतिनिधि परिचालनमा एक लाख ८९ हजार खर्च भएको उल्लेख गरिएको छ ।
मतदाता नामावली खरिदमा २ हजार ५०० र विविध खर्च एक लाख १५ हजार गरी जम्मा २३ लाख चार हजार पाँच सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस