एनआई सी एशिया बैंकको नयाँ शाखा सुनसरीको इटहरीमा

सफल खबर संवाददाता

सोमबार, ०९ पुस २०७५, १६ : ३३
एनआई सी एशिया बैंकको नयाँ शाखा सुनसरीको इटहरीमा

काठमाडौं । एनआई सी एशिया बैंकले इटहरीमा नयाँ शाखा विस्तार गरेको छ । इटहरी उप–महानगरपालिका वडा नम्बर ५, सुनसरीस्थित पचरुखी शाखाको एनआई सी एशिया बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीबाट आज एक समारोहकाबीच उद्घाटन भएको हो ।

एनआई सी एशिया बैंक मुलुकभर २ सय ७० शाखा कार्यालयहरु, २ सय ८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २ सय ११ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १ सय ६९ अर्ब तथा कर्जा रू. १ सय ४५ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सुचना अधिकारी सुधिर नाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस