काठमाडौं । आफैंले बोकेको हतियार पड्किएर एक प्रहरी जवान घाइते भएका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङमा कार्यरत प्रहरी जवान सन्जिव खड्का घाइते भएका हुन् ।
सोमबार बिहान ९ बजे बा १ झ ६४५० नं को मोबाइल भ्यानमा गस्तीमा गएको बेला स्थानीय थापा चौकमा पुग्दा खड्काले बोकेको थ्री नट थ्री राईफल एक्कासी पड्कि उनको छातिको दाहिने भागमा गोली लागेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङकाका अनुसार घाइतेको विराटनगरस्थित न्यूरो अस्पतालको सघन कक्षमा उपचार भईरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ पुस २०७५, १२ : ४२
लेखकबाट थप