अस्थायी राजधानी तोक्ने विषयलाई लिएर पत्रपत्रिकामा आईरहेका समाचारमा कुनै सत्यता छैन : मन्त्री कार्की

शनिबार, २२ पुस २०७४, १५ : ४०
अस्थायी राजधानी तोक्ने विषयलाई लिएर पत्रपत्रिकामा आईरहेका समाचारमा  कुनै सत्यता छैन : मन्त्री कार्की

काठमाडौं । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले कुनै पनि प्रदेशको राजधानी नतोकेको स्पष्ट पारेका छन् । पछिल्लो समय प्रदेशको राजधानी तोक्ने विषयलाई लिएर मुलुकका विभिन्न स्थानमा विरोध, धर्ना तथा  आन्दोलन भईरहेका बेला सरकारका मन्त्री कार्कीले त्यस्तो निर्णय सरकारले नगरेको स्पष्ट पारेका हुन ।

धनकुटा काठमाण्डौ सम्पर्क समितिले सनिबार राजधानीमा गरेको कार्यक्रममा अर्थमन्त्री कार्कीले प्रदेशसभालाई नै प्रदेशको राजधानी तोक्ने अधिकार रहेको भन्दै अस्थायी राजधानी तोक्ने विषयलाई लिएर पत्रपत्रिकामा आईरहेका समाचारमा कुनै सत्यता नभएको पनि दाबी गरे ।

नेपाली कांग्रेसले निर्वाचन गराएर संक्रमणकाल अन्त्य गर्दै मुलुकलाई सम्वृद्धिको बाटोमा अग्रसर गराउने सवालमा महत्वपुर्ण काम गरेको बताए ।
यद्यपि निर्वाचनमा नेपाली कांग्रेसले व्यहोर्नुपरेको पराजय बारे भने गम्भीर समिक्षा गर्नुपर्ने उनको तर्क थियो । मन्त्री कार्कीले भोलिका दिनमा नेपाली कांग्रेस र लोकतन्त्रको नै भविश्य रहेको बताए ।

त्यसैबीच वाणिज्यमन्त्री मीन विश्वकर्माले मुलुकमा आन्दोलन भईरहेको र संविधानले नै प्रदेशसभाको बैठकले प्रदेशको राजधानी तोक्ने अधिकार दिएकाले सरकारले प्रदेशको राजधानी तोक्ने काम नगरेको बताए ।

बाहिरिदै गरेको सरकारले स्थायी प्रकृतिको बन्न सक्ने संभावना पनि रहेको प्रदेशको अस्थायी राजधानी नतोक्ने काम गर्नु आफैमा उचित निर्णय नहुने मनस्थिति सरकारले बनाएको उनको तर्क थियो । मन्त्री विश्वकर्माले आगामी मन्त्री परिषद् बैठकमा प्रदेश प्रमुखको नियुक्त गर्ने बताए ।

प्रदेशको अस्थायी राजधानी तोक्ने विषयलाई अन्तिम टुंगो लगाउन सहसचिवको नेतृत्वमा गठन गरेको अध्ययन समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले अस्थायी राजधानी तोक्न लागेको भन्ने समाचार बाहिर आएपछि सोही विषयलाई लिएर मुलुकका विभिन्न स्थानमा आन्दोलन सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस