- आभास कर्मा
एउटा भर्खरै सप्रिदै गरेको पालुवा
क्षणभरमैं निमोठियो,
एउटा असीम अस्मिता
क्षणभरमैं चिमोटियो,
अईया बाबा सम्म भन्न नपाई
सपनाका प्रत्येक टुसाहरु
क्षणभरमैं बने बालुवा
आँगनमा रुंगेको बाबाको
काखै रित्तियो,
आँचलले बाँधेकी आमाको
कोखै रित्तियो,
उसको चहल पहलले
श्रृगारिएको आँगनको
जगै भास्सियो
कल कलाउदा सारा सपना
काँध माथी चढ़े
डोली बुन्दै गरेका हात
कात्रो बेर्न सरे
आशिश दिने गोडाहरु
मलामीमा बढ़े
पहिरो गयो घर भित्र
आँसु पनि सुके
आज १०० दिन नाघिसके
१००० बहाना थाकिसके
बिना निन्द्रा ती बाआमाले
हरेक रात काटिसके
तैपनि मौन छ बालुवाटार र महराजगंज
उनको करोडैँको गाडी, बनारसी सारी
उसको विदेशी उपचार, पोस्टरको व्यापार
आधा दशक नाघेकालाई नी पेट कती प्यारो
नातिनीको लाश अघी नोट कती प्यारो
छोरी जलाई, नपुंसक छोरा अझै प्यारो
रगतले लतपतिएको कोट अझै प्यारो
१०० दिन नाघिसके, पापी कतै भागिसके
श्राप लागोस तिमीहरुलाई
लाखौँ मनले श्रापीसके
निर्मलाको निर्मल आत्मा प्रत्येक रात आओस
तिम्रा न्यानो बिछ्यौनामा भुइचालो ल्याओस
महँगा ती ओछ्यानमा निन्द्रा कहिले नआओस
३०० वर्ष बाँच्नु तिमीहरु
तर एक दिन पनि सुख नपाओस।
प्रतिक्रिया दिनुहोस