वसन्त पौडेल हत्याको विरोधमा रुपन्देही बन्द

शनिबार, २२ पुस २०७४, ११ : ३४
वसन्त पौडेल  हत्याको विरोधमा रुपन्देही बन्द

रुपन्देही  । रुपन्देहीको देबदहका व्यापारी वसन्त पौडेलको हत्याको विरोधमा आज रुपन्देही बन्दको आह्वान गरिएको छ । एमाले निकट युवा संघ र अनेरास्ववियूले गरेको बन्दका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।

हत्यारालाई चाँडोभन्दा चाँडो कानुनी कठघरामा ल्याई कडा कारबाहीको माग गर्दै बन्द आह्वान गरिएको  जनाइएको छ । मृतक पौडेल एमाले कार्यकर्ता समेत हुन् । पौडेलको शुक्रबार अज्ञात समूहले उनकै काठ मिलमा पुगेर गोली हानि हत्या गरेको थियो ।

प्रतिक्रिया दिनुहोस