विकासे फिल्म हेर्न बाकी नै छ : पुर्व प्रधानमन्त्री प्रचण्ड

शुक्रबार, २१ पुस २०७४, १८ : ५९
विकासे फिल्म हेर्न बाकी नै छ : पुर्व प्रधानमन्त्री प्रचण्ड

चितवन / पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनबासीले विकासे फिल्म हेर्न बाकी रहको बताउनुभएको छ । भरतपुर महानगरपालिकाको प्रथम नगर सभा उद्घाटन कार्यक्रममा बोल्दै उहाँले चितवनबासीले विकासको पुरा फिल्म हेर्न बाकी रहेको उल्लेख गर्नुभयो  । यो त केवल फिल्मको टेलर जस्तै हो –उहाँले भन्नुभयो  ।

दोस्रो पटक प्रधानमन्त्री भएका बेला चितवनमा केहि विकासको कामले सुरुवात मात्र पाएको भन्दै अब पुरै विकासको फिल्म शुरु हुन लागेको जानकारी दिनुभयो । प्रचण्डले यस पटक चितवनबाट निर्वाचित भएकाले चितवनको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने अवसर पाएको बताउनुभयो ।

चितवनमा बढी सम्भावना छ त्यसैले यसको भौगोलिक बनोटले गर्दा देशकै अग्रणी जिल्ला बन्ने दाबी गर्नुभयो । चितवनमा पर्यटको धेरै सम्भावना छ , दुईवटा विशाल नदी ,विभिन्न जातजातीको बसोवास रहेकाले पर्यटनबाट आम्दानी लिन सकिने बताउनुभयो ।

चितवनबाट निर्वाचित भएर अब पहिलो पटक सिंहदबार प्रवेश गर्न लागेकाले ,जिल्लाको विकासको निम्ति दिर्घकालीन योजना ल्याउनेमा आफु लागि परेको औल्याउनुभयो । 

प्रतिक्रिया दिनुहोस