उद्योग वाणिज्य सँघ चितवन निर्वाचन : सहनलाल प्रधान प्यानलको घरदैलो

शुक्रबार, २१ पुस २०७४, १६ : १९
उद्योग वाणिज्य सँघ चितवन निर्वाचन : सहनलाल प्रधान प्यानलको घरदैलो

चितवन । उद्योग वाणिज्य सँघ चितवनको साधारण सभा तथा अधिवेशन नजिकिदैं जाँदा चितवनका व्यवसायीले घरदैलो तथा व्यवसायी भेटघाट अभियानलाई तिव्र पारेका छन् । सहनलाल प्रधान प्यानलले आज (शुक्रवार) पनि नारायणगढका विभिन्न क्षेत्रमा घरदैलो गरेको छ । घरदैलोका क्रममा व्यवसायीहरुले प्रधान प्यानललाई भोट दिन उत्साही भएको बताएका छन् । उनिहरुले समावेशी रुपमा निर्माण भएको प्यानलले व्यवसायीक हक हितमा काम गर्ने बिस्वास व्यक्त गरे ।

घरदैलोका क्रममा व्यवसायीसँग कुरा गर्दै अध्यक्ष पदका उम्मेद्वार प्रधानले व्यवसाय र व्यवसायीको सँरक्षण गर्नु आफ्नो प्रथामिकता भएको वताए । ढुक्कसँग व्यवसाय सँचालन गर्ने वतावरण बनाउनका लागि आफुले उम्मेद्वारी दिएको उनको भनाई छ । सो अवसरमा आफ्नो पक्षमा मत माग्नुका साथै प्यानलले अघि सारेका व्यवसायीक मुद्धाका विषयमा पनि जानकारी गराइएको थियो ।

प्रधान प्यानलवाट वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ,उपाध्यक्षमा भोजराज कौडाल,चिरन्जीवि सुवेदी र सुमन श्रेष्ठ उम्मेद्वार बनेका छन । उद्योग वाणिज्य सँघ चितवनको ५१ औं साधारण सभा तथा अधिवेशन यही ३० गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस