बसन्त पौडेलको हत्याको विरोधमा युवा संघ नेपालद्धारा रुपन्देही बन्दको घोषणा

शुक्रबार, २१ पुस २०७४, १४ : २६
बसन्त पौडेलको हत्याको विरोधमा युवा संघ नेपालद्धारा रुपन्देही बन्दको घोषणा

रुपन्देही । व्यवसायी बसन्त पौडेलको हत्याको विरोधमा युवा संघ नेपालले रुपन्देही बन्दको घोषणा गरेको छ ।

उसले हत्यारालाई पक्राउ गरी कारबाहीको माग गर्दै अनिश्चितकालीन बन्द आहृवान गरेको हो । शुक्रबार विहान अज्ञात समूहले फर्निचर व्यवसायी पौडेलमाथि देवदहमा गोली हानेको थियो । गोली लागेर गम्भिर घाईते भएका पौडेललाई उपचारका लागी लुम्बिनी अञ्चल अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस